काठमाडौं । मंगलबारको शेयरबजारमा नेप्से परिसूचक २७.३१ अंकले बढेसँगै बजारमा हरियाली छाएको हो ।
सोमबारको तुलनामा परिसूचक १.४८ प्रतिशतले बढेर १८७१.३३ बिन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा उत्पादन, बीमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से दोहोरो अंकले बढे पनि कारोबार रकम भने १ अर्ब पनि पुगेको छैन।
आज ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको ३३ लाख १५ हजार कित्ता शेयर कारोबार भएको छ ।
बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Leave a Reply