काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
अहिलेको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको भन्दै उनले निजी क्षेत्रसँगको सहयोगबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताए ।
त्यस्तै, उद्योग क्षेत्रको विकासका लागि विशेषगरी वन, भूमिसुधार र उद्योग मन्त्रालयबीच समन्वयको खाँचो रहेको उनले बताए।
मन्त्री रिजालले आर्थिक अवस्थालाई सुदृढ पार्न सरकारले निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
Leave a Reply