काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।
बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुनेछ । आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय गर्ने जनाइएको छ ।
माओवादी केन्द्रले अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, कृषिमा तीन सांसद र अन्यमा दुईजना सांसदले प्रतिनिधित्व गर्न पाउने छन् ।
आज बेलुकीसम्म १० वटा विषयगत समितिमा दलहरूले आफ्नो दलबाट सदस्य पठाउने तयारी गरेका छन् ।
Leave a Reply