Online Nepal
  • बुधबार, १० पुष २०८१
  • रुसद्वारा ६९९ किलो कोकिन बरामद

    रुसद्वारा ६९९ किलो कोकिन बरामद

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 666
    SHARES

    मस्को । रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले ल्याटिन अमेरिकाबाट आएको ६९९ किलोग्राम कोकिन बरामद गरेको छ । सूचना अनुसार उक्त बरामद लागुऔषध युरोपेली संघ (ईयू) लाई बेच्ने योजना बनाइएको बुझिएको छ ।

    दुईजना कोलम्बियाली नागरिक र एकजना ईयु नागरिकले २.५ बिलियन रुबल (३१ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको सो लागुऔषधि रुस लगेर मस्कोको गोदाममा भण्डार गरेको एफएसबीले विज्ञप्तिमार्फत जनाएको छ ।



    संदिग्धहरूले कोकिनको केही परिमाण ईयु देशमा तस्करी गर्ने र बाँकी परिमाण रुसमा बेच्ने योजना बनाएको एजेन्सीले जनाएको छ ।



    रुसी कानुन अनुसार हिरासतमा रहेका र २० वर्षसम्मको जेल सजाय भोगिरहेका तीन लागुऔषध कारोबारीविरुद्ध फौजदारी मुद्दा चलाइएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार