काठमाडौं । भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा सुरु भएको छ ।
पहिलो दिन सोमबार तौमढीबाट भैरवको रथ तानेर जात्रा सुरु भएको हो ।
चैत्र २७ देखि वैशाख ५ गतेसम्म धूमधाम मनाइने यो जात्राका लागि आइतबार नै सद्भाव र्याली तथा जनचेतना कार्यक्रम गरिएको थियो ।
तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले आ–आफ्नो क्षेत्रमा लैजान रथ तान्ने गर्दछन् । रथलाई मध्यरातिसम्म पनि तानेर पुनः गहिटी ल्याएर राख्ने र त्यसपछि रथ तान्न रोक्ने परम्परा छ ।
Leave a Reply