कैलाली । कैलालीको मालाखेती अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि अहिलेसम्म तनाब कायमै छ ।
आइतबार बिहान सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी गोदावरी नगरपालिका वडा नम्बर २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र नवजात शिशुको मृत्यु भएको हो ।
अस्पतालको लापरबाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले दिनभर प्रदर्शन गरेका हुन् । मृतकका आफन्त र स्थानीयले महेन्द्र राजमार्ग अबरुद्ध गरेर प्रदशर्न गरेका छन् ।
उनीहरुले अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु भएको भन्दै चिकित्सक र घटनामा संलग्न स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरेका छन् ।
Leave a Reply