Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ

    प्रधानमन्त्री प्रचण्डले भने – बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 411
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन्।

    अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीररूपमा लागिरहेको बताए। प्रधानमन्त्री प्रचण्डले विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस भएको बताए।



    उनले अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने भन्दै त्यता जोड दिएको बताए। घरजग्गा कारोबारमा सहजीकरण नगरिकन तरलताको समस्या सम्बोधन गर्न नसक्नै बताउँदै उनले छिट्टै निष्कर्षमा पुग्ने बताए।

    त्यस्तै, प्रधानमन्त्री प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न नहुने समेत बताएका छन् । प्रधानमन्त्री प्रचण्डले त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘हुलहुज्जतको सहन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।’ प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताए ।

    अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको उनले बताए । बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा। प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायतका पदाधिकारीहरू सहभागी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार