Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • छात्रालाई अश्लील सामग्री देखाउने शिक्षकलाई एक वर्ष कैद र १५ हजार जरिवाना

    छात्रालाई अश्लील सामग्री देखाउने शिक्षकलाई एक वर्ष कैद र १५ हजार जरिवाना

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 801
    SHARES

    काभ्रे । जिल्ला अदालत काभ्रेपलाञ्चोकले छात्रालाई अश्लिल सामग्री देखाएको आरोपमा एक शिक्षकलाई एक वर्ष कैद र जरिवानाको फैसला गरेको छ ।

    न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद, १५ हजार जरिवाना गर्नुका साथै चार सय पीडित राहतकोषमा जम्मा गर्न भनेको हो ।



    त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही रु १० हजारका दरले क्षतिपूर्ति भराउने फैसला गरेको छ।



    अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडियो देखाएको अभियोग पुष्टि भएको थियो ।

    यसअघि धरौटीमा रिहा गरिएका विष्ट हाल फरार छन् । बालयौन दुर्व्यवहार अभियोगमा विष्टलाई अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार