Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • अर्थतन्त्र सुधारिँदो अवस्थामा छ, हल्ला गरेजस्तो संकटमा छैन : प्रधानमन्त्री प्रचण्ड

    अर्थतन्त्र सुधारिँदो अवस्थामा छ, हल्ला गरेजस्तो संकटमा छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 399
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् ।

    नेपाल चेम्बर अफ कमर्सको ७२ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    अर्थतन्त्रलाई सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले निजी क्षेत्रको पूर्णसहयोगको विश्वास लिएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भविष्यमा प्रेरणा लिन सक्ने परियोजना आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समेटिने बताए । यस्तै उनले रेमिट्यान्स आउने क्रम समेत बढेकाले अर्थतन्त्र हल्ला गरेजस्तो समस्याउन्मुख नरहेको बताए ।

    परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार