Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • अमृतपाल खोज्न भारतीय सुरक्षा अधिकारीहरू नेपालमा

    अमृतपाल खोज्न भारतीय सुरक्षा अधिकारीहरू नेपालमा

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 846
    SHARES

    काठमाडौँ । केही दिनअघि भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सतर्क रहन आग्रह गरेको थियो । यतिखेर भने अमृतपालको खोजीमा भारतीय सुरक्षा अधिकारीहरू नेपालमै रहेको सुरक्षा स्रोतले जनाएको छ ।

    उनीहरू चैत २० गते अघि नै नेपाल-भारत सीमा क्षेत्र पर्साको वीरगन्ज र बाँकेको जमुनाह नाका हुँदै नेपाल आएको उच्च सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।



    ‘उनीहरू स्थलमार्ग हुँदै नेपाल आएका हुन्, उनीहरूले नेपालका सुरक्षा अधिकारीहरूसँग अनौपचारिक सम्पर्क गरे पनि भेटघाट भने गरेका छैनन्,’ उच्च सुरक्षा अधिकारीले भने ।



    अमृतपाल नेपालमै रहेको भन्दै उनको खोजीका लागि नागेश चौधरीको नेतृत्वमा भारतीय इन्टेलिजेन्स ब्युरोबाट ६ सदस्यीय टोली नेपाल आएको सुरक्षा स्रोतले जनाएको छ ।

    भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपालका सुरक्षा अधिकारी अध्यागमन विभागलाई अमृतपाल नेपालमा लुकेको आशंका गर्दै निगरानी गर्न आग्रह गरेको थियो । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार