Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद विजयी

    आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद विजयी

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 516
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ अन्तर्गत आइतबार राति भएको खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै सनराइजर्स हैदराबादले जितेको छ ।

    यो सिजनमा पञ्जाब पहिलोपटक हारेको छ भने हैदराबादले पहिलो जीत निकालेको हो ।



    शुरूमै ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १४३ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको हैदराबादले १७ बल बाँकी छँदै लक्ष्य भेट्टायो ।



    हैदराबादलाई जिताउन सर्वाधिक रन राहुल त्रिपाठीले ४८ बलमा ७४ रन बनाए । कप्तान एडन मार्करमले ३७ रन बनाए । पञ्जाबले यसअघि २ खेल जितिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार