काठमाडौं। नेकपा (एमाले) का सचिव लेखराज भट्टले तत्काल माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन् ।
आईतबार प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आज धनगढीको गेटास्थित निवास भेट्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई भट्टले स्वागत गरेका थिए।
भेटमा उनीहरुबीच पारिवारिक र सममायिक राजनीतिकबाहेक अन्य विषयमा कुराकानी नभएको स्पष्ट पारेका छन् ।
नेकपा विभाजन भएपछि एमालेतिर लागेका भट्टले आफू फेरि माओवादीमा जाने विषयमा छलफल नभएको र अहिले त्यो सम्भव पनि नभएको बताए ।
Leave a Reply