Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आईपीएल : राजस्थानसँग दिल्ली ५७ रनले पराजित

    आईपीएल : राजस्थानसँग दिल्ली ५७ रनले पराजित

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 546
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको छ ।

    गुवाहिटीमा राजस्थानले प्रस्तुत गरेको २ सय रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा मात्र १ सय ४२ रन बनाउन सक्यो ।



    दिल्लीका लागि डेविड वार्नरले ६५ र ललित यादवले ३८ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्टले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानका लागि जस बटलरले ७९, यशस्वी जैसवालले ६० र सिम्रन हेटमायरले ३९ रन बनाए । दिल्लीका मुकेश कुमारले २ विकेट लिए।



    राजस्थान ४ अंकसहित शीर्ष स्थानमा छ । यो दिल्लीको लगातार तेस्रो हार हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार