Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • तुलसी सहकारीका तीन सञ्चालक पुर्पक्षका लागि जेल चलान

    तुलसी सहकारीका तीन सञ्चालक पुर्पक्षका लागि जेल चलान

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 711
    SHARES

    मोरङ । मोरङको विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन सञ्चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

    ठगी मुद्दामा पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।



    मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजालसले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए।



    जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार पक्राउ परेका तीनजना र सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित आठ सञ्चालक विरुद्ध ठगी मुद्दा दायर गरेको थियो।

    फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई र छविलाल विश्वकर्मा तथा पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार