Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • प्रचण्ड–देउवाको प्रस्ताव – टिआरसी फास्ट ट्र्याकबाट पारित गरौं, ओली भन्छन्– समितिमा पठाऔँ

    प्रचण्ड–देउवाको प्रस्ताव – टिआरसी फास्ट ट्र्याकबाट पारित गरौं, ओली भन्छन्– समितिमा पठाऔँ

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 522
    SHARES

    काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई ‘फास्ट ट्रयाक’बाट अघि बढाउने प्रस्ताव गरेको छ । प्रतिपक्ष दलले त्यसलाई अस्वीकार गरेको छ ।

    शनिबार सिंहदरबारमा शनिबार अपराह्नमा सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफलमा सरकारले यस्तो प्रस्ताव गरेको हो ।



    प्रतिपक्ष दलले त्यसलाई अस्वीकार गरेको छ । प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो सम्पन्न गर्नका लागि यससम्बन्धी कानुनलाई फास्ट ट्रयाकबाट अघि बढाउन प्रस्ताव गरेका थिए ।



    तर, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा विस्तृत छलफल आवश्यक हुने भन्दै समितिबाटै अघि बढाउनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार