Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • सत्तारुढ दलको चाहना टिआरसी विधेयकलाई फास्ट ट्रयाकबाट लैजाने हो : प्रधानमन्त्री प्रचण्ड

    सत्तारुढ दलको चाहना टिआरसी विधेयकलाई फास्ट ट्रयाकबाट लैजाने हो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 510
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकाली न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट लैजान खोजेको प्रतिक्रिया दिएका छन् ।

    सभामुख देवराज घिमिरेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सत्तारुढ दलको चाहना टिआरसी विधेयकलाई फास्ट ट्रयाकबाट लैजाने रहेको बताए । तर प्रतिपक्षले समितिमा लैजानुपर्ने अडान राखेको उनको भनाइ छ ।



    उनले भने,’हामी सरकारमा हुनेहरूको कुरा चाहिँ फास्ट ट्र्याकबाटै गरौं भन्ने छ। प्रतिपक्षीको समितिमा लगेर गरौं भन्ने छ। त्यसमा बीचको बाटो खोजौं भन्ने छ ।’



    उनले टिआरसीसँगै संवैधानिक परिषद्सम्बन्धी विधेयक र सम्पत्ति सुद्धीकरणसम्बन्धी विधेयकलाई पनि छिटो टुंग्याउन जरुरी रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार