काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बिरामी पुर्याएर फर्कने क्रममा एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टरमा क्षति भएको छ ।
विमानस्थल स्रोतका अनुसार शनिबार दिउँसो २ बजे दुर्घटना भएको हो ।
अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको छ ।
घटनामा मानवीय क्षति भने भएको छैन भने उक्त हेलिकोप्टर भने ह्याम्स अस्पतालकै हेलिप्याडमै रहेको छ ।
Leave a Reply