काठमाडौं । संसद् सचिवालयमा दर्ता भएको विधेयकमा नागरिकले अब अनलाइन माध्यमबाटै सुझाव तथा प्रतिक्रिया दिन पाउने भएका छन् ।
संघीय संसद् सचिवालयले यस्तो अभ्यासलाई नियमित र प्रभावकारी बनाउन शुक्रबारदेखि तीनवटा विधेयकमा पथप्रदर्शी अभ्यास सुरु गरेको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले तत्काल तीनवटा विधेयकमाथि जनताको राय मागिएको जानकारी दिनुभयो । संघीय संसद् सचिवालयको वेबसाइटमा गएर जनताले आफूलाई लागेको सुझाव दिन पाउनेछन् ।
सचिवालयले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि सुझाव मागेको हो । उक्त विधेयकमाथि कुनै सुझाव भए सात दिनभित्र बुझाउन समयसीमा दिइएको छ । गोरखापत्र दैनिकबाट
Leave a Reply