Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 612
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

    मन्त्रिपरिषद् विस्तारमा डिलाई भैरहेका बेला प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच भेट भएको हो ।



    शेखर कोइराला नेता मिनेन्द्र रिजाललाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।



    प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच मन्त्रिपरिषद बिस्तारबारे छलफल भएको थियो । नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर चाँडै मन्त्रीको नाम पठाउने बताएका थिए ।

    कोइरालाले जनमतका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालय कांग्रेसले पाउनुपर्ने माग राखेका थिए ।

    सभापति देउवासँग बिहीबार साँझ भेटवार्ता गरेका कोइराला शुक्रबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन् । कांग्रेसभित्रको विवादका कारण प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार