काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र युरोपियन युनियन प्रतिनिधिमण्डलकी राजदूत एमएस नोनी डिपरेजबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच शुक्रबार अर्थ मन्त्रालयमा भेट भएको हो ।
भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्ने बारेमा छलफल भएको बताईएको छ ।
समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग गर्न यूरोपियन युनियन उत्साहित भएको मन्त्री डा. महतको भनाइ छ ।
Leave a Reply