Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • गगन थापाको प्रस्तावमा भीम रावलकाे पूर्ण समर्थन !

    गगन थापाको प्रस्तावमा भीम रावलकाे पूर्ण समर्थन !

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाल भारत खुला सीमाबाट कोरोनाको संक्रमणबाट बच्नको लागि नेकपा एमालेका सांसद एवं पूर्व गृहमन्त्री भीम रावलले अस्पताल र उपचारको उचित तयारी र पूर्णप्रबन्ध मिलाउन सरकारसँग प्रस्ताव गरेका छन् । 

    शुक्रवार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद गगन थापाले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा नेकपाका रावलले मानिसहरूलाई आतंकित हुने अवस्था सिर्जना हुन नदिन सरकारसँग आग्रह गरे । उनले आपूर्ति सम्बन्धमा जनतालाई ढुक्क बनाउन सरकारको ध्यानाकषर्ण गरे । 



    अत्याधिक चासोको विषयमा कोरोनाको भाइरसबाट जनताको ज्यानको कसरी गर्ने भन्ने प्रस्ताव पेश गरेको भन्दै समर्थन जनाए । ‘कोरोनाको संक्रमणबाट बच्न नेपालमा साझा अभियानको रूपमा अगाडि बढाउन संकल्प गरिएको छ । महामारीबाट जुध्न सिंगो राष्ट्रलाई एकताबद्ध बनाउने प्रस्ताव गरिएको छ, यसलाई पूर्ण समर्थन गर्छु,’ रावलले भने ।  



    यसअघि नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विभिन्न सरकारी निकायका फरक–फरक सूचनाले नागरिक त्रसित बनेको भन्दै कोरोनाका सम्बन्धमा सरकारले एउटै प्लेटफर्मबाट सूचना प्रवाह गर्नुपर्ने प्रस्ताव गरेका थिए । 

    उनले उच्चस्तरीय समन्वय समितिले एकिकृत कार्ययोजना ल्याउनुपर्ने मागसमेत गरे। संसदमा समेत कोरानका विषयमा समिति गठन गर्न थापाले माग गरेका थिए। उनले मान्छे अस्पतालबाट किन भाग्यो त्यो खोजिनुपर्ने बताए। उनले अस्पतालमा काउन्सिलिङ गर्नुपर्ने बताए। 

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार