Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • व्यापारमा मात्र केन्द्रित हुँदा फिल्मको गुणस्तर खस्कियो : सञ्चारमन्त्री शर्मा

    व्यापारमा मात्र केन्द्रित हुँदा फिल्मको गुणस्तर खस्कियो : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 534
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्मको संख्याभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताएकी छन् ।

    नेपाली चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    घरेलु फिल्म व्यापारमा मात्र केन्द्रित हुँदा गुणस्तर खस्किएको मन्त्री शर्माले बताइन् ।



    नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग फिल्ममा प्रस्तुत गरेर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके फिल्मको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उनले व्यक्त गरिन् ।

    फिल्म क्षेत्रमा भइरहेका कामहरुको समीक्षा हुनुपर्ने भन्दै मन्त्री शर्माले फिल्म क्षेत्रमा महिलालाई प्रोत्साहन गर्नुपर्ने जरुरी रहेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार