Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालीलाई भुटानी बनाउने गिरोहमा संलग्न नेताहरूलाई तत्काल पक्राउ गर्न माग

    नेपालीलाई भुटानी बनाउने गिरोहमा संलग्न नेताहरूलाई तत्काल पक्राउ गर्न माग

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 624
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले मानव तस्करीको आरोप लागेका नेताहरूलाई तत्काल पक्राउ गरी छानबिन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रवक्ता राईले यस्तो माग गरेका हुन् ।

    बनाएर अमेरिका लैजाने भन्दै ८७५ जना नेपाली युवाहरूको करोडौँ रकम ठगी गरेको प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका प्रमुख सल्लाहकार इन्द्रजित राई र नेकपा एमालेका सचिव तोपबहादुर रायमाझीको संलग्नता रहेको खबरहरु सार्वजनिक भएपछि प्रवक्ता राईले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका गरे ।



    उनले लेखेका छन्, ‘नक्कली भुटानि सरणार्थी बनाइ अमेरिका लैजाने भनी ८७५ जना नेपाली युवाहरुलाई ठुलो गिरोहले करोडौं रकम ठगि गरेको छ । पुर्व गृहमन्त्री राम बहादुर बालदको प्रमुख सल्लाहकार र एमाले सचिव एवं पुर्वमन्त्री टोपबहादुर रायमाझीको प्रत्यक्ष सम्लगनता रहनु आफैमा गम्भीर विषय हो । एमाले जस्तो पार्टीका पदाधिकारीहरु साथै राज्यको नेतृत्वमा बसिसकेका मान्छेहरुले मानव तस्करी जस्तो गलत कार्य गर्नु त्यतिकै संबेदनसिल छ । यो जस्तो अपराध अरु केही हुन सक्दैन ।’



    भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको छ । धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गरिए पनि केही शरणार्थी अझै अलपत्र छन् ।

    ‘ठगिमा परेका पीडित युवाहरूलाई कानुन बमोजिम सबै तहको सहयोग गर्न युवा संघ नेपाल प्रतिबद्धता व्यक्त गर्दै यो अपराधमा जोडिएका सांसद टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई लगायत सम्लग्न सबैलाई अविलम्ब पक्राउ गरि, सत्यतथ्य छानबिन गरि कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ उनले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार