Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दाहालको गृह जिल्लामा ‘सरकार ढाल्न पाइँदैन’ भन्दै प्रदर्शन

    दाहालको गृह जिल्लामा ‘सरकार ढाल्न पाइँदैन’ भन्दै प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा वर्तमान सरकार ढाल्न पाइँदैन भन्दै प्रदर्शन भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै आज सत्तारुढ नेकपाकै अर्का अध्यक्ष दाहलको गृहजिल्लाको चौविसकोठीमा युवा तथा विद्यार्थीले प्रदर्शन गरेका हुन ।



    पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवा विद्यार्थीले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै भरतपुरको चौविसकोठीमा प्रदर्शन गरेका हुन् ।



    प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’,ओली सिध्याउन किन यत्रो जोड भारतिय विस्तारबाद नेपाल छोड जस्ता नारा अंकित प्ले–कार्ड बोकेर प्रर्दशन गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार