काठमाडौं । सरकारले क्यान्सर, मधुमेहलगायतका बिरामीहरुको कोरोना भाइरस परीक्षण गर्ने भएको छ ।
साथै अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसियुमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
सरकारी, सामुदायिक र नीजि अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको उनले बताए ।
Leave a Reply