काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको न्यूनतम साझा कार्यक्रम पहिलेभन्दा परिमार्जित, व्यावहारिक र कार्यान्वयन गर्न सकिने खालको भएको बताएका छन् ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएपछि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साझा कार्यक्रम पहिलेको भन्दा विकसित र परिमार्जित भएर ल्याइएको उनले प्रष्ट पारे ।
उनले यसअघिको गठबन्धनले बनाएको साझा कार्यक्रमभन्दा पनि परिमार्जित रुपमा अहिले कार्यक्रम ल्याइएको बताए । यो कार्यक्रम राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम पनि भएको उनको भनाई छ ।
प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई वैज्ञानिक, व्यावहारिक र कार्यान्वयन गर्न सकिने खालको रहेको प्रतिक्रिया विज्ञहरुले पनि दिएको उनले बताए ।
साझा कार्यक्रमलाई कार्ययोजनाका साथ कार्यान्वयन गर्न सके देशको समस्या समाधान हुने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । उनले अन्तर्यमा हेर्दा साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको जानकारी दिए ।
Leave a Reply