काठमाडौं । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले राष्ट्रपति इम्यानुअल म्याक्रोँसमक्ष राजीनामा गरेका छन् ।
शुक्रबार सार्वजनिक गरिएको एक विज्ञप्तिअनुसार एडुवार्डको राजीनामा स्वीकृत समेत भइसकेको छ । राजीनामा दिनुको कारण बारे केही बताइएको छैन ।
यद्यपि राष्ट्रपति म्याक्रोँले आफ्नो कार्यकालको अन्तिम दुई वर्षको लागि अघि सारेको योजनाको कारण प्रधानमन्त्री र सरकारको राजीनामा आएको हुन सक्ने बताइएको छ ।
राजीनामा दिए पनि नयाँ सरकार नबनुञ्जेलसम्म यो सरकारले नै आफ्नो काम गर्नेछ । अलजजिराबाट साभार
Leave a Reply