काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले बार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने प्रबृतिको अन्त्यका लागि बार्षिक बजेट क्यालेन्डर बनाएर लागू गर्न सकिने भन्दै वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्ने मौखिक प्रस्ताव गरेका हुन् ।
समयभित्र बजेट कार्यान्वयन भएमा विकासका कार्यले गति लिने भन्दै यसका लागि क्यालेन्डर बनाएर लागु गर्नुपर्नेमा उनले जोड दिए ।
Leave a Reply