मोरङ । मोरङमा मोटरसाइकल चोरी गर्ने दुई भारतीय नागरिकसहित तीनजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुनसरीको देवान्गजन गाउँपालिका–३ का १८ वर्षीय राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशिल कुमार यादव र भारतकै पोसदाह पञ्चायतका २५ वर्षीय शौरभ कुमार यादव रहेका छन् ।
उनीहरूले चैत १० गते मोरङस्थित मालपोत कार्यालय अगाडिबाट को २५ प १९४५ नम्बरको मोटरसाइकल चोरी गरका थिए । चोरी भएको उक्त मोटरसाइकलका धनी मोरङको बेलबारी नगरपालिका–४ का ६० वर्षीय बम बहादुर खवास हुन् ।
प्रहरीले चोरी गरी नम्बर प्लेट परिवर्तन गरिएको बिआर ३८ क्यु ८६५६ र बिआर ३८ टि ००२१ नम्बरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जनाविरूद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Leave a Reply