सप्तरी । जनता समाजवादी पार्टीले सप्तरीको राजविराजमा थालेको आन्दोलन बुधबार साँझबाट स्थगन गरेको छ ।
आफ्ना जिल्ला अध्यक्ष केदार यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीभित्र प्रहरी निरीक्षक नवीन थापामगरले दुर्व्यवहार र कुटपिट गरेको भन्दै जसपाले आन्दोलन थालेको थियो ।
बुधबार साँझ जिल्ला प्रशासन कार्यालय सप्तरीमा स्थानीय प्रशासनका प्रमुखहरुको उपस्थितिमा भएको सर्वदलीय बैठकले जसपा जिल्ला अध्यक्ष यादवसँगको घटनामा संलग्न प्रहरी निरीक्षक थापामगरलाई निलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाउन सिफारिस गर्ने निर्णय गरेपछि जसपाले आन्दोलन स्थगन गरेको हो ।
महदेवा गाउँपालिकाको पकरीकी एक किशोरी नुहाउँदै गरेको भिडियो खिचेर टिकटक बनाएको विषयमा पक्राउ परेका युवकबारे बुझ्न गएका बेला जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक थापामगरले जिल्ला अध्यक्ष यादवलाई सुरुमा दुर्व्यवहार गरेको र त्यसपछि हातपात गर्दा आँखा छेउमा घाउ भएको जसपाको आरोप छ ।
Leave a Reply