Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • माधव नेपाल भन्छन् – ढुक्क भए हुन्छ, सत्ता गठबन्धन पाँच वर्ष चल्छ

    माधव नेपाल भन्छन् – ढुक्क भए हुन्छ, सत्ता गठबन्धन पाँच वर्ष चल्छ

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 600
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट शक्तिबीच कार्यगत एकता हुने बताएका छन् ।

    बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरेएको अन्तरक्रिया कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    नेपालले केही दिनभित्रै वामशक्तिहरु मिलेर मोर्चा बनाउने बताए ।



    यस्तै,अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गरे । उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए ।

    अध्यक्ष नेपालले भने, ‘यो गठबन्धन कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयु छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढि चल्न सक्दैन भन्ने गरेका छन् । तर तपाईंहरु ढुक्क भए हुन्छ–यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ ।’

    उनले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार