Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्तिप्रति विप्लवले जनायो आपत्ति

    भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्तिप्रति विप्लवले जनायो आपत्ति

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 642
    SHARES

    काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्तिप्रति नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले कडा रुपमा आपत्ति जनाएका छन् ।

    विप्लवले आज बुधबार एक विज्ञप्ति जारी गर्दै देशको सार्वभौमिकता,राजनीतिक स्वतन्त्रता र जनभावनामाथि गरिएको ठाडो हस्तक्षेप भएको विप्लव बताएका छन् ।



    मुख्यमन्त्री आदित्यनाथले गत सोमबार विश्व हिन्दु सम्मेलनको क्रममा बोल्दै नेपालमा राजतन्त्र फर्कनुपर्छ,नेपाल हिन्दुराज्य कायम हुनुपर्छ भन्दै अभिव्यक्ति दिएका थिए ।



    नेपालमा कस्तो राजनीतिक व्यवस्था हुने धर्म मान्ने कि नमान्ने अधिकार पूर्णतः नेपाली जनतामा रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार