Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – एक-दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ

    प्रधानमन्त्री प्रचण्डले भने – एक-दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 495
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

    आज काठमाडौंमा भएको सहकारीकर्मीको भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदले एक-दुई दिनमा पूर्णता पाउने दाबी गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘सरकारले करिब(करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ ।अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ।’



    प्रधानमन्त्रीले चैत १७ मा मन्त्रिपरिषद बिस्तार गरे पनि पूर्णता पाएको छैन। प्रधानमन्त्री दाहालले ६ मन्त्रालय अझै आफैंसँग राखेका छन्।

    उनले आज सिंहदरबारमा नीति तथा कार्यक्रम र बजेटबारे छलफल राख्ने पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार