Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • प्रधानमन्त्रीको भारत भ्रमणको आन्तरिक तयारी तीव्र, मिति अझै तोकिएन

    प्रधानमन्त्रीको भारत भ्रमणको आन्तरिक तयारी तीव्र, मिति अझै तोकिएन

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 519
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भम्रणको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको भए पनि अझै मिति सार्वजनिक गरिएको छैन । परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमणका लागि प्रस्ताव तयार गर्ने कार्यलाई तीव्रता दिएको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक प्रस्ताव माग भएको एक उच्च तहका कर्मचारीले बताए ।



    प्रधानमन्त्रीको भारत भ्रमण अप्रिलको दोस्रो साता हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण वैशाख पहिलो साता हुने बताएकी थिइन् । औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतलाई विद्युत् बिक्री गर्ने विषयमा सम्झौता गर्नका लागि प्रस्ताव तयार गरिएको बताइएको छ ।



    भारतसँग २५ वर्षको सम्झौता गर्नका लागि नेपालले प्रस्ताव गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालयको स्रोतका अनुसार तयारी गरिएको प्रस्तावहरूको विषयमा विस्तारमा तयारी गरिएको छ ।

    फेब्रुअरीमा भएको ऊर्जा सहयोग सञ्चालक समितिको १०औं सचिवस्तरीय बैठकमा नेपालले ऊर्जा खरिदसम्बन्धी प्रस्ताव अगाडि सारेको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार