Online Nepal
  • बुधबार, २ माघ २०८१
  • बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु

    बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडाैं । बिहारको विपद् व्यवस्थापन विभागले शुक्रबार बिहान सो कुराको जानकारी दिएको हो । हिजोदेखि यहाँ चट्याङ पर्न शुरु गरेको र शुक्रबार बिहानसम्म यो संख्या २२ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो ।

    भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत हप्तामात्र पनि चट्याङका कारण करिब १०० जनाको ज्यान गएको थियो । प्राप्त पछिल्लो समाचारअनुसार बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म नै भारी वर्षा भइरहेको छ र यसै क्रममा चट्याङ परेको थियो ।



    सबैभन्दा धेरै बिहारको पूर्वी पट्ना क्षेत्रका जिल्लाहरुमा नागरिकको मृत्यु भएको छ । बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।

    मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार