Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मिटरब्याजीको आरोपमा जनमत पार्टीका नेता शर्मा पक्राउ

    मिटरब्याजीको आरोपमा जनमत पार्टीका नेता शर्मा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 561
    SHARES

    फाइल तस्विर

    सप्तरी । सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

    जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मालाई सोमबार बिहान राजविराजबाट प्रहरीले पक्राउ गरेको हो ।



    इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरीले शर्मालाई ठगी गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



    पक्राउ परेका शर्मा माथि प्रहरीले थप आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । यता सरकारले गत शनिबार मात्र पीडितसँग पाँच बुँदे सहमति गर्दै मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार