चितवन । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।
उनले पार्टीका महामन्त्री विश्वप्रकाश शर्मासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन्।
पार्टीका पूर्व जिल्ला सभापति समेत रहेका श्रेष्ठलाई सत्तारुढ गतबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरुको पनि समर्थन छ।
उक्त क्षेत्रमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उम्मेदवारी दर्ता गराइसकेका छन्।
Leave a Reply