Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओलीको समर्थनमा पोखरामा नाराबाजी

    ओलीको समर्थनमा पोखरामा नाराबाजी

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 4.6K
    SHARES

    पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ। ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै मानव अधिकार चोकमा प्रदर्शन भएको हो।

    प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवाले भारतको बिपक्षमा नारा लगाए । ‘भारतीय दलाल होसियार’ भन्दै नारा लगाएका युवाले केपी ओलीजस्तो देशभक्त प्रधानमन्त्री अरु नभएकोसमेत बताए । ‘देशको मुहार फेर्नु छ साथी पार्टीभन्दा राष्ट्रमाथि’ जस्ता नारा लेखिएका ब्यानरसहित प्रदर्शन भएकाे हाे।



    विषम परिस्थितिमा जनताका पक्षमा लडेका नेतालाई षडयन्त्रपूर्वक हटाउन देशीविदेशी शक्ति लागेकाले स्वतस्फूर्त प्रदर्शन गरिएको उनीहरुले बताए। पोखरामा शुक्रबार बिहानैदेखि परेको झरीका बीच प्रधानमन्त्री ओलीको फोटोसहितको ब्यानर लिएर ५० जनाभन्दा बढी प्रदर्शनमा उत्रिएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार