Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सरकारसँगको सहमति कार्यान्वयनमा आशंका गर्दै मिटरब्याज पीडितको अर्को टोली काठमाडौंमा

    सरकारसँगको सहमति कार्यान्वयनमा आशंका गर्दै मिटरब्याज पीडितको अर्को टोली काठमाडौंमा

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 663
    SHARES

    काठमाडौं । सरकारसँग १८ चैतमा गरिएको सम्झौतामा विश्वस्त हुन नसकेको भन्दै मिटरब्याज पीडितहरू आन्दोलनका लागि फेरि काठमाडौं आएका छन् ।

    पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएका हुन् ।



    मिटरब्याज समस्या समाधानका लागि भन्दै सरकारले १८ चैतमा पीडितसँग सम्झौता गरेको थियो ।



    टोलीले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।

    सहमतिका विषय कार्यान्वयन नभएसम्म विश्वस्त हुन नसकिने भन्दै रौतहट, सर्लाही, बारा, महोत्तरीलगायत जिल्लाबाट आएका पीडितहरू बल्खुको सडक छेउछाउका क्षेत्रमा बसेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार