Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अचानक किन लद्दाख पुगे नरेन्द्र मोदी ?

    अचानक किन लद्दाख पुगे नरेन्द्र मोदी ?

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 5.9K
    SHARES

    काठमाडाैं । भारत-चीनकाे सीमा क्षेत्र लद्दाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुगेका छन्। भारतीय संचारमाध्यमका अुनसार भारत र चीनबीच सीमामा तनावको स्थिति रहेकै बेला प्रधानमन्त्री माेदी शुक्रबार लद्दाखको राजधानी लेह पुगेका हुन्।

    मोदी बिहानै निमुस्थित फर्वाड पाेस्टमा पुगे। निमु पोस्ट समुद्री सतहदेखि ११ हजार फीटकाे उचाईमा छ। त्यहाँ उनले सुरक्षा अधिकारीसँग भेटेका छन्।



    प्रधानमन्त्री माेदीले सेनाका जवानहरुलाई भेटेका छन्। यस्तै मोदीले गलवान भिडन्तमा घाइते भएर लेहमा उपचार गराइरहेका जवानहरुलाई पनि भेट्ने जनाइएको छ ।



    यस्तै चीफ अफ डिफेन्स स्टाफ विपिन रावत पनि शुक्रबार बिहानै लेह पुगिसकेका छन्। यसअघि वायुसेना प्रमुख र सेनाप्रमुख पनि लेह पुगिसकेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार