Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पूर्वमन्त्री जोशीले भने – कांग्रेसले झुटको खेती गर्दै देशलाई ओरालो बाटोमा लग्यो

    पूर्वमन्त्री जोशीले भने – कांग्रेसले झुटको खेती गर्दै देशलाई ओरालो बाटोमा लग्यो

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 585
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफूमाथिको कारबाही फुकुवा भएको भन्दै कांग्रेसले भ्रम छरेको बताएका छन् ।

    पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले वक्तव्य जारी गर्दै कांग्रेसलाई कलाविहीन नाटक बन्द गर्न आग्रह गरेका हुन् ।



    जोशीले वक्तव्य जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालगायतका झुण्डहरूले कार्यकर्तासँग माफी माग्नुपर्ने समेत बताए।



    तनहुँ १ को उपनिर्वाचनमा प्रभावशाली मानिएका जोशीको समर्थन लिन कांग्रेसले उनीमाथिको कारबाही फिर्ता भएको जनाएको थियो ।

    तर, जोशीले कांग्रेसको आइतबारको निर्णयमा आफ्नो नाम उल्लेख नभएको भन्दै २०७९ अघि भएका निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेकाहरूले माफी माग्नुपर्ने भनेकोमा उल्टै देउवाले माफी माग्नुपर्ने बताए।

    कांग्रेसका पूर्वसहमहामन्त्री जोशीले माओवादीसँगको १२ बुँदे सहमतिपछि नेपाली कांग्रेसले केवल झुटको खेती गर्दै देशलाई तहसनहसको बाटोमा लगेको आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार