Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगे रवि

    मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगे रवि

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 552
    SHARES

    फाइल तस्विर

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् ।

    वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न लामिछाने मुख्य निर्वाचन अधिकृतको कार्यालय पुुगेका हुन् ।



    गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन -२ मा उपनिर्वाचन हुन लागेको हो ।



    लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।

    निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्न समय दिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको आयोगले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार