Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सिद्ध बाबा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने

    सिद्ध बाबा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 570
    SHARES

    फाइल तस्विर

    पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

    सिद्धबाबा क्षेत्रमा निर्माण सुरु भएको सुरुङ मार्ग निमार्णका लागि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो ।



    जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले चैत २१ गतेदेखि लागू हुने गरी प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।



    अर्को सूचना नआएसम्मका लागि सडक बन्द गरिने प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार