काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ ।
नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ । गत बिहीवारको तुलनामा सेयर कारोबार रकम भने केहि बढेको छ ।
आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको सेयर कारोबार भएको छ ।
नेप्सेमा कारोबार भएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ५ करोड ६ लाखको सेयर कारोबार भएको छ ।
Leave a Reply