Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एमाले सांसद गैरेले भने – मिटरब्याज पीडितलाई सरकारले झुक्यायो

    एमाले सांसद गैरेले भने – मिटरब्याज पीडितलाई सरकारले झुक्यायो

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 822
    SHARES

    काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरब्याजबाट पीडितलाई अलमल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले आयोग बनाउन लागेको बताएका छन् ।

    आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै सांसद गैरेले मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति प्रश्न उठाएका हुन् ।



    सांसद गैरेले शनिवार सरकारबी वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच भएको पाँच बुँदे सहमति धोकाधडी भएको दाबी गरे ।



    सांसद गैरेले भने, ‘यो मिटरब्याजीहरुबाट पीडित भएका नागरिकहरुमाथि फेरि अर्को धोकाधडी भएको छ । सरकारले आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिने काम भएको छ । यो करेक्सन हुनुपर्छ र तत्काल पीडकहरुले कारबाही पाउनुपर्छ।’

    सांसद गैरेले मिटरब्याज पीडितहरूलाई अलमल्याउने गरी उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकलाई कारबाही गर्न पनि सरकारसँग माग गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार