Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • उपप्रधानमन्त्री श्रेष्ठले भने- मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ

    उपप्रधानमन्त्री श्रेष्ठले भने- मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 618
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् ।

    अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुने बताए ।



    उनले मिटरब्याजपीडितहरूसँग सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए ।



    तराईका विभिन्न जिल्लाबाट ११ दिन हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि  गृहजिल्ला फर्कने तयारीमा छन् ।

    घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु बसेकै ठाउँमा स्थान पुगी परीक्षण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार