काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ भर्ना भएका पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड महाराजगञ्ज पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरे ।
पेटमा समस्या देखिएपछि उनी शनिबार साँझ अस्पताल भर्ना भएका थिए।
Leave a Reply