Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ओलीको आरोपमा पन्छियो भारत

    ओलीको आरोपमा पन्छियो भारत

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2K
    SHARES

    नयाँदिल्ली — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न षड्यन्त्र गरेको भन्दै भारतमाथि लगाएको आरोपले सत्तारूढ नेकपाभित्र ठूलै हल्लीखल्ली मच्चाए पनि भारत सरकार त्यस विषयमा औपचारिक प्रतिक्रिया जनाउन पन्छिएको छ ।

    उक्त आरोपप्रति दिल्लीका मिडिया र कूटनीतिक क्षेत्रले समेत विशेष चासो देखाएका थिए । तर बिहीबार भारतको विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले जिज्ञासा राख्दा समेत प्रवक्ता अनुराग श्रीवास्तवले केही धारणा राखेनन् । बरु उनले नेपाल–भारत सम्बन्धका अन्य आयामहरूको चर्चा गरेर टारेका थिए । ‘भारत र नेपालबीच युगौं पुरानो सांस्कृतिक र सामाजिक सम्पर्कमा आधारित गहिरो मित्रवत् सम्बन्ध छ । हामी यो मित्रतालाई थप बलियो बनाउँदै लैजान प्रतिबद्ध छौं,’ उनले भने ।



    प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा गत आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षड्यन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्तापन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तत हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ,’ ओलीले भनेका थिए । उनले काठमाडौंस्थित भारतीय दूतावासको सक्रियता र होटलहरूमा भइरहेका गतिविधिका साथै दिल्लीका सञ्चारमाध्यमका सामग्रीबाट त्यो प्रस्ट भइरहेको दाबी गरेका थिए । कान्तिपुर दैनिकबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार