काठमाडौं । १६औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सले विजयी सुरुवात गरेको छ ।
शनिबार पन्जाबले कोलकाता नाइट राइडर्सलाई डकवर्थ लुइस पद्दतिअनुसार सात रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
मोहालीमा टस हारेपछि पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९१ रन बनाएको थियो ।
जवाफमा कोलकाताले १६ ओभरमा सात विकेट गुमाएर १४६ रन बनाउँदा वर्षा भयो । त्यसपछि खेल सञ्चालन हुन सकेन र पन्जाबले सात रनको रोमाञ्चक जित दर्ता गर्यो ।
जितसँगै दुई अंक जोडेको पन्जाब लिग अंकतालिकाको दोस्रो स्थानमा छ ।
Leave a Reply