Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कस्ताे छ तीन दिनको मौसम?

    कस्ताे छ तीन दिनको मौसम?

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2K
    SHARES

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मनसुन थप सक्रिय हुने जनाएको छ । मौसमविद्का अनुसार अहिले प्रदेश ५, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । दिउँसो यी ठाउँसँगै वाग्मती प्रदेश, प्रदेश १ र प्रदेश २ मा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ । लगातार ठूलो पानी पर्ने सम्भावना भने छैन ।

    मेघ गर्जन र चट्याङसहित एकछिन पानी पर्दै एकछिन रोकिने क्रम चल्ने मौसमविद्ले बताएका छन् । राति पनि देशका सबै प्रदेशहरुमा सामान्य बदली रही कर्णाली प्रदेशका थोरै ठाउँहरुमा र बाँकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।



    प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भने राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार